काठमाडौं – बेलायतको यात्रा गर्ने यात्रुले अनिवार्य कोरोना परीक्षण गराउनुपर्ने भएको छ । सरकारले डिसेम्बर ७ देखि यात्रा गर्ने यात्रुको लागि उक्त नियम अनिवार्य गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यस्तै, बेलायत पुगेपछि पनि कोरोना परीक्षण गराउनुपर्ने छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई ध्यानमा राख्दै बेलायत सरकारले नयाँ नियम लागु गरेको हो । बेलायतमा यात्रुहरूले कोरोना परीक्षणको नतिजा नआएसम्म सेल्फ आइसोलेसनमा बस्नु पर्नेछ ।
परीक्षणको नतिजा नेगेटिभ आएपछि यात्रुहरूले सेल्फ आइसोलेसन अन्त्य गर्न सक्छन् । साथै, बेलायत पुग्दा यात्रुले प्यासेन्जर लोकेटर फारम पनि भर्नुपर्नेछ ।
यता, बेलायत सरकारले नाइजेरियालाई रातो सूचीमा राख्ने निर्णय गरेको छ । यसअघि बेलायतले दक्षिण अफ्रिका, नाइजेरिया, नामिबिया, जिम्बाब्वे, बोत्सवाना, लेसोथो, अंगोला, मोजाम्बिक, मलावी, जाम्बिया र इस्वाटिनी रातो सूचीमा राखेको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८
प्रकाशित समय: १:०८:२६