Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिए जस्तो लकडाउनबारे निर्णय नभएको बताएको छ । सोमबार ओमिक्रोनका दुई जना संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जनाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

झण्डै ४० देशमा देखा परिसकेको यो भेरिएन्ट संक्रामक पनि मानिएको छ । ओमिक्रोन फैलनसक्ने भन्दै सामाजिक सञ्जालमा चासो र चिन्ता बढेपछि सरकारले सचेत गराउँदै लकडाउनबारे निर्णय नगरेको जनाएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले सरकारले लकडाउनबारे केही निर्णय नगरेको बताए । उनले भने, ‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन ।’

उनका अनुसार ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको छ । उनले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्न र आफ्नो पालोमा खोप लिनुपर्ने बताए । नेपालमा पनि ओमिक्रोन देखिएपछि फेसबुक, टिकटक, ट्वीटरलगायत सामाजिक सञ्जालमा धेरैले सरकारले अब लकडाउन गर्नसक्ने भन्दै चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । तर सरकारी अधिकारीहरूले अहिले लकडाउनबारे कुनै निर्णइ नगरेको जनाएका छन् । तर स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई सचेत गराएका छन् ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का दुई संक्रमित नेपालमा पनि भेटिएका हुन् । मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै नेपाल आएका एक ६६ वर्षे पुरुष र उनको सम्पर्कमा रहेका अर्का ७१ वर्षे व्यक्तिमा ओमिक्रोन पुष्टि भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी नेपाल प्रवेश गरेका ६६ वर्षे पुरुषले पीसीआर रिपोर्ट नेगेटिभ ल्याएका थिए । उनले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको पाइएको छ । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि मंसिर ७ गते गरिएको पीसीआर परीक्षणबाट दुवै जनामा कोभिड पोजिटिभ देखिएको हो ।

दुवै जनाको नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको जीन परीक्षणबाट ओमिक्रोन भेरियन्ट पहिलो पटक पुष्टि भएको हो । हाल दुवै आइसोलेसनमा रही स्वास्थ्य लाभ गरिरहेका छन् । उनीहरुमा कुनै लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा ६६ जना सम्पर्कमा आएकाको पीसीआर परीक्षण गरिएको छ । ती सबैको नतिजा नेगेटिभ आएको छ। उनीहरु सबै स्वस्थ रहेको मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । हालसम्म यो भेरियन्ट विश्वका ४० देशहरुमा देखिसकेको छ । यी देशहरुमा हालसम्म ५७४ जनामा पुष्टि भए पनि कसैलाई गम्भीर असर देखिएको छैन । विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । छिमेकी देश भारतमा पनि यो भेरियन्ट पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. गुणराज लोहनीले ओमिक्रोन देखिएपछि निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङलाई थप प्रभावकारी बनाइएको छ ।

एक महिनादेखि पोजिटिभ भएका नमुनाहरूको थप परीक्षण र शंकास्पद भए जीन सिक्वेसिङ गर्ने निर्णय भएको उनले जनाए । ‘अहिलेसम्मको अध्ययनले एक जना यस भेरियन्टका संक्रमितले ३५ जनालाई रोग सार्न सक्ने देखिएको छ,’ लोहनीले भने, ‘अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पीसीआर रिपोर्ट अनिवार्य गरेका छौं । खोपको विवरण लिने, लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरिएको छ ।’

यस्तै हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरूको एन्टिजेन परीक्षण गर्ने गरिएको उनले बताए । एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुको नमूना संकलन गरी पीसीआर परीक्षण गर्ने गरिएको बताउँदै लोहनीले शंकास्पद नमुनाहरूको जीन स्विकेन्सिङ गर्ने व्यवस्था मिलाइएको बताए । मास्कको सही प्रयोग, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, हात धुने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुन स्वास्थ्य मन्त्रालयले भनेको छ ।

तपाईको प्रतिक्रिया