काठमाडौँ – टी २० विश्वकपमा आज २ वटा खेल हुँदै छ । सुपर १२ को समूह चरणको खेल अन्तर्गत आज दिउँसो पौने ४ बजे दक्षिण अफ्रिका र वेस्टइन्डिज आमने सामने हुने छन् । यी दुवै टिम आफ्नो पहिलो खेलमा पराजित रहेका थिए । सेमिफाइनल यात्रा कायमै राख्न दुवै टिम पहिलो जीतको खोजिमा हुने छन् । दक्षिण अफ्रिका शनिबार अस्ट्रेलियाविरुद्ध निर्धारित ओभरमा ९ विकेट गुमाएर ११८ रनमा रोकिएको थियो ।
उता वेस्टइन्डिज सुपर १२ को पहिलो खेलमा इंग्ल्याण्डसँग जम्मा ५५ रनमा समेटिन पुगेको थियो ।
दक्षिण अफ्रिकासँग बेन्च बलियो छैन । जसले गर्दा डेविड मिलर र हेनरिक क्सासेन खराब फर्मममा रहे पनि प्लेयिङ सेटमा पर्ने सम्भावना रहेको छ । टप अर्डरमा भने रिजा हेनिड्रक्सले स्थान बनाउन सक्छन् भने एडन मार्करले तल्लो क्रममा ब्याटिङ गर्न सक्छन् ।
दक्षिण अफ्रिका र वेस्टइन्डिज तीन पटक टी २० विश्वकपमा आमने सामने भएका छन् । जसमा दक्षिण अफ्रिका २ पटक विजयी भएको छ । यस्तै आजै राति पौने ८ बजे पाकिस्तान र न्युजिल्याण्ड आमने सामने हुने छन् । पाकिस्तान पहिलो खेलमा भारतमाथि ऐतिहासिक जीत दर्ता गरेकाले उच्च मनोबलका साथ मैदान उत्रने छ । यसैगरी न्युजिल्याण्ड भने विश्वकपमा पहिलो खेल खेल्दै छ ।