काठमाडौं — इन्डियन प्रिमियर लिग आईपीएलको समूह चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । आज भएको खेलमा दिल्लीमाथि ७ विकेटको रोमाञ्चक जित निकाल्न सफल भयो ।
दिल्लीले दिएको १६५ रनको लक्ष्य बैंग्लोरले अन्तिम बलमा छक्का प्रहार गर्दै ३ विकेट गुमाएर पुरा गरेको थियो । बैंग्लोरको जितमा श्रीकर भारत र एबी ग्लेन म्याक्सवेल दुवैले नटआउट अर्धशतकीय पारि खेले । श्रीकरले ७८ तथा म्याक्सवेलले ५१ रनको योगदा गरे ।
अन्तिम ओभरमा १५ रन आवश्यक परेको थियो । अन्तिम बलमा ४ रन प्रहार गर्दा खेल टाइ हुने अवस्था थियो । श्रीकरले छक्का प्रहार गरेपछि बैंग्लोर ७ विकेटको जित दर्ता गर्न सफल भयो ।
यो पराजयले शीर्ष स्थानको दिल्लीको तालिकमा परिवर्तन भएन भने बैंग्लोरलाई पनि तालिकामा कुनै फाइदा भएन । दिल्ली शीर्ष स्थानमा रहँदा चेन्नाई सुपर किंग्स दोस्रो र बैंग्लोर तेस्रो स्थानमा छ ।
यसअघि पहिला ब्याटिङ गरेको दिल्लीले ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शा र शिखर धवनले क्रमश ४८ र ४३ रनको योगदान गरे ।
बैंग्लोरका मोहम्द सिराजले २ विकेट लिए ।