शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति जापानको आइतबार टोकियोमा सातौं महाधिवशेन सम्पन्न भएको छ । महाधिवेशनले सचिन श्रेष्ठको नेतृत्वमा सर्बसम्मत नयाँ कार्यकारी समिति गठन गरेको छ ।मोना जापानको कार्यकारी समितिको वरिष्ठ उपाध्यक्षमा बिशाल केसी, उपाध्यक्षद्वयमा ओमप्रकाश तुलाचन र हेमकुमार जुग्जाली, क्षेत्रीय उपाध्यक्षमा टिका छन्त्याल र महिला उपाध्यक्षमा पवित्रा पुन सर्बसम्मत चयन भएका छन् भने महासचिवमा गणेश श्रेष्ठ, सचिवमा सागर कार्की, कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की र सहकोषाध्यक्षमा खिमबहादुर पुन मगर चयन भएका छन् ।

यसैगरी महिला संयोजकमा धना पुर्जा, युवा संयोजकमा निरोज पुन, साँस्कृतिक संयोजकमा ढकप्रसाद जुग्जाली र स्थानीय निकाय समन्वय संयोजकमा भूपेन्द्र बरुवाल चयन भएका छन भने सदस्यहरुमा प्रदिपकुमार घर्ति मगर, कविता भट्टचन, रेखा केसी, दिपक सुबेदी, जीवन थापा मगर र सिमन पुन चयन भएका छन् । क्षेत्रहरुको प्रतिनिधित्व गर्दै सचिव १ जना, बाँकी सदस्य, विभागिय संयोजक र सल्लाहकारहरुको चयन भने नवगठित कार्यकारी समितिको पहिलो बैठकले मनोनयन गर्ने मोना जापानले जनाएको छ ।
मोना जापानका अध्यक्ष दिपक कार्कीको सभापतित्व र मोनाको केन्द्रीय अध्यक्ष ओमनारायण जुग्जालीको प्रमुख आतिथ्यतामा (भर्च्युअल) भएको महाधिवेशन समारोहमा निर्वाचन समितिका संयोजक तथा सल्लाहकार तिलक मल्लले नवगठित कार्यकारी समितिको घोषणा गर्नुका साथै सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण लगत्तै उनीहरुलाई पदीय जिम्मेवारीको प्रमाणपत्र प्रदान गरिएको थियो ।
नवगठित कार्यकारी समितिलाई विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामनाका साथै बधाई ज्ञापन गरेका थिए । शुभकामना मन्तब्य दिनेहरुमा एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, मोना एशिया प्यासिफिक संयोजक महेन्द्र बानियाँ, नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली, मोना जापानका सल्लाहकार तथा बिधान संशोधन समितिका संयोजक ददिवल खड्का, नेपाल मगर संघ जापानका अध्यक्ष नविन थापा मगर, बागलुङ समाजका निबर्तमान अध्यक्ष तथा एनआरएन जापानका महासचिव सिध्दार्थ श्रेष्ठ, माया नेपाली संगीत संस्था जापानकी अध्यक्ष युको ओकामोतो मल्ल, मोना जापानका पूर्व सल्लाहकार तथा आदिबासी जनजाति महासंघ जापानका पूर्व अध्यक्ष ध्रुब भट्टचन, मोना शिजुओका क्षेत्रीय समितिका संयोजक तुल चोचाङगी लगायतका थिए ।

बिहानीको चरणमा भएको महाधिवेशनको बन्दसत्रले महासचिव गणेश श्रेष्ठले प्रस्तुत गरेको संस्थाको कार्यप्रगति प्रतिबेदन र सहकोषाध्यक्ष टिका छन्त्यालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ भने बिधान संशोधन समितिका संयोजक ददिवल खड्काद्वारा प्रस्तावित बिधान संशोधनका बूँदाहरु र छलफलमा उठेका अन्य बिषयहरुलाई समेट्ने र संशोधन गर्ने गरी पारित गरिएको छ ।
महाधिवेशनका अवसरमा कलाकारहरुको विविध मनोरञ्जनात्मक साँगीतिक प्रस्तुती रहेको थियो । कलाकारहरुमा गायन तर्फ रमेश पाण्डे (छबि), हिरा श्रीष, ढकप्रसाद जुग्जाली, सोना केसी र निशा क्षेत्री रहेका थिए भने नृत्य तर्फ कविता भट्टचन, ट्रस्मी गर्बुजा, ज्योती राई, जीवन थापा मगर लगायतका थिए ।

कार्यक्रमको अन्तमा प्रमुख अतिथि मोनाका केन्द्रीय अध्यक्ष ओमनारायण जुग्जालीको भर्च्युअल सम्बोधन रहेको थियो । सो अवसरमा बोल्दै जुग्जालीले नवगठित कार्यकारी समितिलाई बधाई दिदैं मोनाको अब छिट्टै हुन गईरहेको मोनाको केन्द्रीय महाधिवेशनमा जापानबाट उत्साहजनक सहभागिताका लागि अपिल गरे ।

समारोहको अन्तमा, सभाध्यक्ष दिपक कार्कीले समापन मन्तब्य राख्दै सातौं महाधिवेशनबाट गठित नयाँ कार्यकारी समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुका साथै आफ्नो कार्यकाललाई सफल तुल्याउन सहयोग गर्ने सम्बधित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।
महाधिवेशनको बन्द सत्रमा सदस्य सागर कार्की र खुल्ला सत्रमा महासचिव गणेश श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । ***

 

तपाईको प्रतिक्रिया