Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

टोकियो – जापानको राजधानी टोकियोमा हुने तय भएको टोकियो म्याराथन प्रतियोगिता अर्को वर्ष हुने गरी सरेको छ । अर्को वर्ष सन् २०२२ को मार्चमा हुने गरी प्रतियोगिता पछाडि सारिएको आयोजकहरूले शुक्रबार जानकारी दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोरोनाभाइरसको महामारी र टोकियोमा जारी प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रतियोगिता पछाडि सार्नु परेको आयोजकले जनाएको छ । जापानमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको देखिए पनि महामारीको खतरा भने बाँकी नै रहेको अधिकारीहरूको निष्कर्ष छ ।

‘कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने देखिएकाले अर्को वर्ष सन् २०२२ को मार्च ६ तारिखमा हुने गरी टोकियो म्याराथन २०२१ सरेको छ,’ टोकियो म्याराथन फाउन्डेसनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतियोगिता सुरुमा यसै वर्ष सन् २०२१ को मार्चमा हुने गरी तय गरिएकोमा कोभिड–१९ को कारण आगामी अक्टोबरका लागि सारिएको थियो । तर टोकियोमा अहिले पनि सङ्कटकाल लागु भइरहेकाले प्रतियोगिता फेरि सार्नु परेको हो ।  प्रतियोगितामा ३८ हजार धावकहरू सहभागी हुने गरी नामावली आइसकेको आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया