सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – निम्न आय भएका परिवारको यथार्थ समेटिएको गीत ‘सारङ्गी’ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार, सङ्गीतकार तथा गायक श्रीकृष्णबम मल्ल र शान्तीश्री परियारको स्वर रहेको गीत सार्वजनिक भएको हो ।

गीतले अधिकांश नेपालीहरूको वास्तविक जीवन कहानीलाई बोलेको छ । एक सारङ्गी वादकलाई प्रतिनिधि पात्रको रूपमा लिँदै समाजको यथार्थपरक कथालाई गीतमा शब्द र चित्रमार्फत प्रस्तुत  गरिएको छ । कोभिडका कारण निम्न आय भएको गरिब परिवारलाई पारेको प्रभाव, दैनिक गुजाराका लागि गर्नुपरेको सङ्घर्ष गीतमा समावेश गरिएको छ ।

दीपक सापकोटाको शब्द रहेको गीतमा सङ्गीत पनि श्रीकृष्ण बम मल्लले नै भरेका हुन् । गीतको म्युजिक भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् भने छायाङ्कन अनिल के मानन्धर र सम्पादन दिन्सन शाहले गरेका छन् ।

गीतको भिडियोमा प्रकाश घिमिरे र पशुपति राईको अभिनय देख्न सकिन्छ । गीत इनाक्षी इन्टरटेन्टमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ***

तपाईको प्रतिक्रिया