Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं — स्टार खेलाडी लियोनल मेस्सीले  ह्याट्रिकमा अर्जेन्टिनालाई  जित दिलाउँदा नयाँ कीर्तिमान कायम गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको तीन गोल मद्धतमा बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

मेस्सीले ब्राजिलको पेलेको कीर्तिमान तोडेका हुन् । पेलेले आफ्नो समयमा दक्षिण अमेरिकी मुलुकबाट सर्बाधिक गोल गर्ने खेलाडीको कीर्तिमान राखेका थिए । पेलेको ७७ गोलको कीर्तिमान तोड्ने क्रममा मेस्सीले बोलिभियाविरुद्ध ७९ गोल गरेका थिए । मेस्सीलाई घरेलु दर्शकले समेत साथ दिएका थिए ।

बार्सिलोनाबाट यसै सिजन पेरिस सेण्ड जर्मन (पिएसजी)पुगेका मेस्सीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेका थिए । कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाले घरेलु मैदानमा पहिलो खेल खेलेको हो । जहाँ मेस्सी नयाँ कीर्तिमान कायम गर्न सफल भए ।

मेस्सीले १४,६४ र ८८औँ मिनेटमा गाेल गरेर ह्याट्रिक पूरा गरे । पहिलो गोल मेस्सीले लियान्द्रो पराडेजको पासमा डिबक्स बाहिरबाट आकर्षक गोल गरे । दोस्रो गोल डिबक्स भित्र बोलिभियाका ४ डिफेन्सलाई बिट मार्दै गरेका थिए । तेस्रो गोल भने बोलिभियाको गोलरक्षकको रिबाउण्डमा सम्भव भएको थियो ।

जितसँगै कतार बिश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । पहिलो स्थानमा ब्राजिल छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसङ तीन अंकको अग्रता बनाएकाे हो ।

बिहानको अर्को खेलमा उरुग्वेले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

तपाईको प्रतिक्रिया