Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडाैं – नेपालले एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा पपुवा न्युगिनीले २ विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले दिएको १३५ रनको लक्ष्य पछाएको नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रोहित पौडेल र सोमपाल कामीले अठौ विकेटका लागि महत्वपूर्ण ५२ रनको साझेदारी गर्दै नेपाललाई जिताएका हुन् । रोहित पौडेलले ४१ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ३० रन बनाएका थिए । त्यस्तै सोमपाल कामीले अविजित २२ रनको महत्वपूर्ण पारी खेल्दै नेपाललाई जिताएका थिए ।

त्यस्तै कुशल भुर्तेल १५ रन बनाएर आउट भएका थिए । कुशल र आसिफ सेखले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ रन, आरिफ सेख ९ रन बनाएर आउट भए । त्यस्तै शरद भेस्वाकर ६ र कुशल मल्ल १ रन बनाएर आउट भए भने पवन सराफ डक आउट भएका थिए । पपुवा न्युगिनीका बलर गाउडी टोकाले ३ विकेट लिए भने दामीएन राभु र चाद सोपरले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पपुवा न्युगिनीले ३३ ओभरमा अल आउट हुदै १३४ रन बनाएको थियो । पपुवा न्युगिनीका लागि लेगा सिआकाले सर्बाधिक ३० रन बनाए भने चार्लेजअमिनीले २३, गाउडीटोकाले २२ र चाद सोपरले १७ रन बनाए । पपुवा न्युगिनीलाई सस्तैमा अल आउट गर्ने क्रममा नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिएका थिए । सन्दीपले १० ओभरमा ३५ रन दिएर ४ विकेट लिए ।

त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गरेका बिक्रम सोबले २ विकेट लिए । विक्रमले आफ्नो डेभ्यु बलमै विकेट लिएका थिए । त्यस्तै यस खेलमा कुशल मल्लले पनि २ विकेट लिए भने एक विकेट सोमपाल कामीले लिएका थिए । अब नेपालले सिरिजको दोस्रो खेल शुक्रबार खेल्दै छ ।

तपाईको प्रतिक्रिया