बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडाैं – अमेरिकी सिनेटर लिन्डसे ग्राहमले अमेरिका फेरि अफगानिस्तान फर्किने भविष्यवाणी गरेका छन् । बीबीसीको हार्डटक कार्यक्रमलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘हामी फेरि अफगानिस्तान जानुपर्छ किनकि आतंकको खतरा धेरै हुनेछ ।’

उनले अफगानिस्तानमा तालिबान शासनको पुनस्र्थापनाले नयाँ समस्या निम्त्याउने पनि बताए । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने ग्राहमले तालिबान शासनले अफगानिस्तान कट्टर इस्लामवादीका लागि एक ठूलो स्थानका रुपमा परिणत हुने बताए ।

उनले भने, ‘यहाँ ट्रम्पको गल्ती या बाइडेनको गल्तीका रुपमा हेर्नु हुँदैन । तालिबान अझै रुपान्तरण भएका छैनन् । उनीहरु उस्तै छन् र उनीहरुलाई आधुनिक समयप्रति कुनै लेनादेना छैन । हामी फेरि अफगानिस्तान जानेछौं, जसरी इराक र सिरिया गयौं ।’ गत सातामात्रै अमेरिकी सेनाले २० वर्ष लामो युद्धपछि अफगानिस्तान छाडेको थियो ।

तपाईको प्रतिक्रिया