Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडाैं – जापानको टोकियोमा जारी पाराल्याम्पिकमा नेपाली खेलाडी पलेशा गोवर्द्धन रिपेचेज तर्फको फाइनलमा पराजित हुँदै कास्य पदक जित्न चुकेकी छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

के-४४ विधा अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले शुक्रबार कास्य पदकका लागि भएको निकै प्रतिस्पर्धात्मक खेलमा चीनकी युजी लीसँग १२-९ को पराजय बेहोरिन् । पहिलो राउन्ड ४-२ ले आफ्नो पक्षमा पारेकी पलेशा दोस्रो राउन्डमा ५-० पराजित भइन् । तेस्रो राउन्ड ५-५ को बराबरीमा सकिएपछि उनी कास्य जित्नबाट चुकेकी हुन् ।

पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१-८ ले पराजित हुँदै स्वर्ण जित्ने अवसर गुमाएकी पलेशाले रिपेचेज तर्फको क्वाटरफाइनलमा अमेरिकाकी ब्रायना सालिनारोलाई १०-० र सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभलाई २३-१५ ले जित हराउँदै फाइनल प्रवेश गरेकी थिइन् । वाईल्ड कार्डमार्फत सहभागिता जनाउने अवसर पाएकी पलेशा टोकियो पाराल्याम्पिक खेल्ने एक्लो नेपाली खेलाडी हुन् ।

तपाईको प्रतिक्रिया