Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडाैं – भारतीय फुटबल कप्तान सुनील क्षेत्रीले आफू नेपाल आउँदा मामाघर आएको जस्तो लागेको बताएका छन् । यसअघि त्रिभुवन विमानस्थलमा आउँदा पनि उनले आफू आमाको माइती वा हजुरआमाको घर आएको भन्दै नेपालप्रति आफ्नो आत्मीयता दर्शाएका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बिहीबार र आइतबार नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिमको नेतृत्व गरेर सुनील नेपाल आएका हुन् । बुधबार काठमाडौंमा आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा पनि सुनीलले फेरि नेपालसँगको आफ्नो भावानात्मक सम्बन्धबारे सम्झिए ।

उनले बुधबार चाहिँ नेपालीमा नै सक्दो जवाफ दिने प्रयास गरे । अनि काठमाडौं आउँदा मामाघर आएको जस्तो आफूलाई लागेको बताए । सुनीलले आफूले पूरै नेपाली बुझ्ने मात्र होइन, जवाफ पनि नेपालीमा नै दिने प्रयास गरेका थिए । नेपाली पत्रकारहरुले उनलाई प्रश्न गरेका थिए- नेपालीमा सोध्दा हुन्छ ? ‘हुन्छ, मैले जति जानेको छु, त्यति नेपालीमा उत्तर दिनेछु,’ सुनीले हाँस्दै जवाफ दिए ।

मैत्रीपूर्ण प्रतिस्पर्धा भोली
नेपाल र भारतले ६ वर्षपछि एक आपसमा खेल्न लागेका हुन् । दुवै टिमले यो दुई खेललाई साफको तयारीका रुपमा लिएका छन् । नेपालले भारतसँग बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल ५:३० बजे सुरु हुनेछ । यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

तपाईको प्रतिक्रिया