आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको विभिन्न विवरणहरू सार्वजनिक भएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका केही तस्बिरहरूमा धुवाँको कालो मुस्लो देखिएको छ ।

विस्फोटन भएको स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले पुष्टि गरेका छन् । विस्फोटनको कारण स्पष्ट भइसकेको छैन तर स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले विमानस्थल नजिकै रहेको एउटा घरमा रकेट ठोक्किएको जनाएका छन् ।  घटनामा मानिसहरू हताहत भए नभएको स्पष्ट भएको छैन ।

तपाईको प्रतिक्रिया