सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काबुल – अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थल बाहिर भीडभाडका क्रममा कम्तीमा ७ जना अफगान नागरिकको मृत्यु भएको छ । बेलायतको रक्षा मन्त्रालयले यो जानकारी दिएको हो ।

तालिबानले अफगानिस्तान कब्जा गरेपछि अहिले त्यहाँको विमानस्थलमा त्यहाँबाट बाहिरिन चाहनेहरूको दैनिक भीड लागिरहेको छ ।

बेलायतको रक्षा मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानको भूमि अहिले धेरै नै चुनौतीपूर्ण बनिरहेको छ । तर जतिसक्दो सुरक्षा दिएर सम्हाल्ने कोशिस गरिरहेका छौं ।’ हजारौं अफगान नागरिक देशबाट निस्किने प्रयास गरिरहेका छन्, जसले गर्दा काबुलको विमानस्थलमा भागदौड मच्चिरहेको छ ।

तपाईको प्रतिक्रिया