Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडाैं – टोकियो ओलम्पिक अन्तर्गत बुधबार भएको पुरुष फुटबलमा ब्राजिल विजयी भएको छ । उसले सैतामा स्टेडियममा साउदी अरेबियामाथि ३-१ को जित निकाल्यो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ब्राजिलको जितमा रिचार्लिसनले २ र म्याथ्युज चुन्हाले १ गोल गरे । साउदीका अब्दुल्लाह अल अम्रीले १ गोल फर्काए । खेलको १४ औँ मिनेटमा चुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । २७ औँ मिनेटमा अमिरीले गोल गर्दै साउदीलाई बराबरीमा ल्याए ।

रिचार्लिसनले ७६ औँ मिनेट र थप गरिएको समयमा गोल गर्दै टोलीको जित पक्का गरे । जितसँगै ३ खेलबाट ७ अंक जोडेको ब्राजिल समूह ‘डी’को विजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ ।

आइभोरी कोस्ट र जर्मनीले १-१ को बराबरी खेले । यो बराबरीसँगै आइभोरी कोस्ट पनि ५ अंकका साथ समूह ‘डी’को उप विजेताको रुपमा क्वाटरफाइनल प्रवेश गर्दा जर्मनी बाहिरिएको छ । बुधबार नै भएका अन्य खेलमा दक्षिण कोरियाले होन्डुरसमाथि ६-० को फराकिलो जित दर्ता गर्दा न्युजिल्यान्ड र रोमानियाले गोल रहित बराबरी खेलेका छन् ।

समूह ‘बी’ बाट कोरियाले विजेता र न्युजिल्यान्डले उप विजेताका रुपमा क्वाटरफाइलमा स्थान सुरक्षित गरे । ओलम्पिक पुरुष फुटबलमा यु-२३ टिमको सहभागिता रहने गरेको छ ।

तपाईको प्रतिक्रिया