Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाण्डौ – चिनियाँ खेलाडी होउ झिहुईले शनिवार टोकियो ओलम्पिकमा भारोत्तोलनतर्फ ४९ किलोग्रामतर्फको प्रतिष्पर्धामा स्वर्ण पदक जितिन्। २४ वर्षीया उनले भारतीय खेलाडीलाई पछि पार्दै उपाधि जितेकी हुन् । अहिले उनको एउटा तस्बिरले तरङ्ग ल्याएको छ।

बेलायती समाचार संस्था रोयटर्सले छापेको होउको तस्बिरले चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्तामाझ मात्र होइन सरकारी अधिकारीलाई पनि आक्रोशित बनाएको छ । दुई दिनअघि रोयटर्सले समाचारसँगै आफ्नो ट्वीटरमा राखेको तस्बिरले खेलाडी र चीनलाई होच्याएको अर्थमा धेरैले बुझेका छन् । प्रतियोगिताका क्रममा भार उचाल्दा उनको अनुहारको भाव बदलिएको थियो, जुन स्वाभाविक हो । तर, उनको यही तस्बिर रोयर्टसले छापिदिएको थियो ।

यसअघि टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेपछि अमेरिकी टेलिभिजन सीएनएनले चीनलाई स्वर्ण पदक र कोभिडको थप सङ्क्रमण शीर्षकमा खबर छापेको थियो । चिनियाँ अधिकारीले सीएनएनले जानीबुझी यस्तो शीर्षक राखेको भन्दै टिप्पणी गरेका थिए । यस्तै, अमेरिकाको एबीसी न्युज टेलिभिजनले टोकियो ओलम्पिकको उद्घाटनका क्रममा चीनको अधुरो नक्सा देखाएको भन्दै चिनियाँहरूले आलोचना गरेका थिए ।

पश्चिमा देशका सञ्चारमाध्यमले आफूबारे छापेको खबरप्रति चिनियाँ अधिकारीले असन्तुष्टि जनाउँदै आएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया