Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं  – हान्यु नेपाली समाज जापान र ग्रुप अफ जापानको संयुक्त आयोजनामा जापानमा रहेका नेपालीबीच ‘ग्रुप अफ जापान हान्स कप –२०२१’ खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता हान्यु शि साईतामा केनमा रहेको हान्यु गेम सेन्टरमा १५ अगष्टदेखि शुरु हुनेछ । प्रतियोगिताको विजेता टोलीले ३ लाख जापानी येन प्राप्त गर्नेछन् । दोस्रो हुनेले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख जापानी येनसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । व्यक्तिगत विधाको पुरस्कार पनि समावेश गरिएको छ ।

टिम दर्ताको लागि ८ अगस्टसम्म समयसीमा तोकिएको छ । दर्ता शुल्क ४ मान येन तोकिएको छ । प्रतियोगिताको लागि एक टोलीले १२ जना खेलाडी राख्न पाउनेछ ।

जापानमा रहेका नेपालीहरुबीच आपसी सदभाव र भाईचाराको भावनालाई प्रगाढ बनाउनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको पुर्व राष्ट्रिय भलिबल खेलाडीसमेत रहेका ग्रुप अफ जापानका अध्यक्ष मदन साउदले जानकारी दिए । उनले सन् २०१९ मा स्थापित ग्रुप जापान जापानको विधान अनुसार दर्ता प्रक्रियामा रहेको पनि जानकारी दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया