बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडाैं – अमेरिकाका अर्बपति तथा अमेजन कम्पनीका मालिक जेफ बेजोस आज अन्तरिक्षको यात्रामा जाँदै छन् । नेपाली समय अनुसार आज बेलुका ५ बजेर १५ मिनेटमा उनी यात्रामा निस्किनेछन् ।

जेफ बेजोसको साथमा उनका भाइ मार्क बेजोस, ८२ वर्षीया पूर्व पाइलट वाली फंक र १८ वर्षीय छात्र ओलिवर डेइमन हुनेछन् । तीनै जना बेजोसको कम्पनी ब्ल्यू ओरिजनको अन्तरिक्ष यान ‘न्यू सेफर्ड’ बाट अन्तरिक्षको उडान भर्नेछन् । न्यू सेफर्ड अन्तरिक्ष पर्यटनलाई प्रवद्र्धन गर्ने तरिकाले डिजाइन गरिएको छ।

उड्नुभन्दा पहिला बेजोसले आफू उड्नका लागि निकै उत्साहित भएको बताएका थिए । तीनैजना यात्री धर्तीबाट उडेको ११ मिनेटमै धर्तीमा फर्किनेछन् । उडान धर्तीबाट करिब १०० किलोमिटर उचाइसम्म हुने विदेशी मिडियाहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया