टोकियो – टोकियोमा हुन लागेको ओलम्पिकको उदघाटन समारोहको लागि अमेरिकी प्रथम महिला जिल बाइडेन टोकियो आउने भएकीछिन् । यही जुलाई २३ मा हुने उदघाटन समारोहमा प्रथम महिला बाइडेन सहभागी हुने अमेरिकी राष्ट्रपतिको कार्यालय हृवाइट हाउसले जनाएको छ । जसमा उनको श्रीमान् राष्ट्रपति जो बाइडेन भने सामेल नहुने बताइएको छ ।
बाइडेनले पहिलो पटक प्रथम महिलाको रूपमा एकल बिदेश यात्रा गर्न लागेकी हुन् । उनले पति राष्ट्रपति हुनु अघि जनवरीमा नै कोरोना विरुद्धको खोप लगाइएकी थिइन् ।
सो टोकियो ओलम्पिकमा नेपालको तर्फबाट पाँच खेलाडी र चार प्रशिक्षकसंगै २६ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउने भएको छ । कमिटीका अनुसार प्रतियोगिताको उदघाटन समारोहमा हुने मार्च पासमा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंहले नेपालको झण्डा बोक्नेछिन् ।
विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो ।
स्वास्थ्य मापदण्डअनुसार प्रतियोतिगामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीले दुई डोज खोप लिइसकेका छन् ।
विश्वभर महामारीको रुप लिएको कोरोनाको कारण गत वर्ष स्थगित भएको ओलम्पिक एक वर्ष पछाडि सरेर यही जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ ।***