Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले ओलम्पिकमा जम्बो टोली लिएर जापान जानु लज्जास्पद कार्य भएको बताएको छ । संघले शुक्रबार बिज्ञप्ति जारी गर्दै पाँच खेलाडी सहभागी हुने प्रतियोगितामा २६ जनाको जम्बो टोली लिएर जापानु जानु हास्यास्पद र लज्जास्पद कार्य भएको जनाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संघले काम बेगर घुमफिरका लागि राज्यकोषको दुरुपयोग गरी विदेश घुमाउन लैजानु नितान्त गलत कार्य भएको उल्लेख गर्दै घटनाको भत्सर्ना गरेको छ । टिम म्यानेजर सम्वन्धित खेलसंघको व्यक्तिलाई चयन गर्नुपर्ने भएपनि राखेप र ओलम्पिक कमिटिका पदाधिकारीले मनपरि ढंगबाट सम्वन्धित खेलसंघ भन्दा बाहिरका ब्यक्तिलाई टिम म्यानेजर चयन गरेर जापान लैजानु निन्दनिय र धृणित कार्य भएको संघले बताएको छ ।

‘अन्तराष्ट्रिय खेल समुदायमा राष्ट्रको झण्डा बोकेर देशको प्रतिनिधित्व गर्दै सहभागि हुनु भनेको राष्ट्रको इज्जत, गौरव र प्रतिष्ठासंग जोडिएको विषय हो । तर यस्तो महत्वपूर्ण संवेदनशिल विषयमा केहि स्वार्थ व्यक्तिको स्वार्थपूर्०ा र मनोमानी कार्यले नेपालको खेलक्षेत्रलाई विगतमा बदनाम भएका धेरै उदाहरणका साथी छन् । यस्ता गलत कार्यले नेपालको खेलकुदलाई दिनप्रतिदिन धरासायी बनाउँदै लगको हाम्रो सामु स्पष्ट छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सम्वन्धित निकायले यो विषयमा छानविन गरि कारवाहिको दायरामा ल्याउन कर्मचारी संघ जोडदार माग गर्दछ ।’

राखेपका सदस्य सचिव नेपाली टिमको नेतृत्व गर्दै जापान उडेका छन् । नेपालबाट ४ खेलमा ५ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तर प्रतियोगिताका लागि २६ जनाको जम्बो टोली जापान जादैछ । सोही सन्दर्भमा कर्मचारी संघले विज्ञप्ति निकाल्दै विरोध जनाएको हो । राखेपको कर्मचारी संघको नेतृत्वमा नयाँ सत्तारुढ दल कंग्रेस निकट कर्मचारी छन् । नयाँ सरकार बनेलगत्तै राखेप सदस्य सचिव नेतृत्वको टिमविरुद्ध कर्मचारी संघले विज्ञप्ति निकालेर विरोध जनाएको हो ।

तपाईको प्रतिक्रिया