काठमाडौं — बार्सिलोनाका नयाँ अध्यक्ष योहान लापोर्ता स्टार खेलाडी लियोनल मेस्सीलाई क्लबमै राख्ने उद्देश्यममा सफल भएका छन् ।
यो सिजनको अन्त्यसँगै सम्झौताबाट मुक्त भएका मेस्सी र बार्सिलोनाबिच नयाँ सम्झौतामा सहमति भएसँगै लापोर्ताको कठिन उद्देश्य पूरा भएको हो ।
नयाँ सम्झौता अनुसार मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहने छन् । गएको सिजन बार्सिलोना छोड्न चाहेर सम्झौतामा रहेको शर्तका कारण असफल भएका मेस्सीको नयाँ सम्झौता अनुसारको पारिश्रमिक विगतको भन्दा आधा छ ।
कोपा अमेरिका फुटबलको उपाधि जितेपछि अहिले मेस्सी बिदामा छन् । बार्सिलोनासँगको नयाँ सम्झौताको विस्तृत विवरण अझै सार्वजनिक भएको छैन ।
तर नयाँ अध्यक्ष लापोर्ताको मेस्सीलाई राख्ने प्रयास सफल भएको छ । उनले अध्यक्षको चुनावमा मेस्सीलाई जान नदिने आफ्नो प्राथमिकत वाचा बनाएका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, आषाढ ३१, २०७८
प्रकाशित समय: १३:२०:२१