Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – नेपाल चलचित्र कलाकार संघको अग्रसरतामा नेपाल महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष तथा कलाकार भगवती खडकालाई मंगलबार संघको कार्यालयमा आयाजित एक कार्यक्रममा अध्यक्ष रबीन्द्र खड्काले आर्थिक सहयोग हस्तानतरण गर्नु भएको छ ।

उक्त अवसरमा कलाकार तथा रेस्लर खड्कालाई २३ हजार रुपैयाँ सहयोग गरिएको हो ।

आफू कोभिडबाट पिडित भएको र महिला रेस्लरलाई सहयोग समेत गर्नु परेको अवस्था उल्लेख गरी संघमा सहयोगको अनुरोध गर्नु भएकाले संघले नेदरल्यान्डमा रहनु भएकी अभिनेत्री वर्षा खडकाबाट सात हजार पाँच सय, समाजसेवी बिक्रम खड्काबाट पाँच हजार पाँच सय, नेपाल चलचित्र कलाकार संघ यूके शाखाको तर्फबाट पाँच हजार तथा संघकी कार्यकारिणी सदस्य तेजुला खतिवडाबाट पाँच हजार गरी जम्मा २३ हजार रुपैयाँ भगवती खड्कालाई प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, नेपाल चलचित्र कलाकार संघ यूके शाखाका उपाध्यक्ष सुरेश पाठक, कार्य समितिका सदस्य जीवन थापा, कलाकार राजु शाही, समाजसेवी विक्रम खडका लगायतको उपस्थिति रहेको थियो ।

सहयोग रकम प्रदान गर्दै अध्यक्ष रबीन्द्र खडकाले महिला रेस्लर भगवतीले रेसलिन्न तथा कलाकारिताको माध्यमबाट पुर्याउनु भएको योगदानको चर्चा गर्दै राष्ट्रिय प्रतिभाहरूलाई सरकारले संरक्षण तथा प्रोत्साहन गर्नु पर्ने तर कहिँ कतैबाट सहयोग नभएको तथ्य औल्याउँदै प्रोत्साहनका लागि उहाँलाई सहयोग गरिदिन सबैमा अपिल पनि गर्नु भएको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया