Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

टोयोटा-  जापानको औद्योगिक नगरी टोयोटामा जापान भर रहेका नेपाली टिमहरुको फुटबल प्रतियोगिता सम्पन्न भएको छ । व्यस्त शहर टोयोटामा ‘दियालो सेभेन ए साईट फुटबल रनिङ्ग कप-२०२१’ सफलतापूर्वक सम्पन्न भएको हो ।खेलको धरान एफसीले आयोजना गरेको हो । प्रतियोगितामा जापान भरबाट १६ टिमले भाग लिएका थिए । सहभागी टिमहरुमा एफसी धरान ब्ल्यक, एभ्रेष्ट एफसी, सिजिओका ब्ल्याक, वेनि एफसी, एनएन एफसी, ओशाका ब्रदर्श, काभ्रेली समाज, कोवे युनाईटेड, एफसी धरान वाईट सहभागी थिए । अन्य टिमहरुमा फुकुओका एफसी, पोखरा एफसी, सिजुओका गाईज, सिजुओका ग्रे, योक्काईची एफसी सि, एफसी धरान येल्लो, युनिटि एफसी सहभागी थिए ।प्रतियोगितामा सिजुओका गाईज सिजुओका प्रथम भयो भने एनएनएसी नागोयाले दोश्रो स्थान प्राप्त गर्यो । फाईनल खेल निकै प्रतिप्रर्धात्मक रहेको थियो । खेल टाइब्रेकरमा ३-२ गोल अन्तरले विजेता तय भएको थियो । खेलको विजेताले २ लाख ५२ हजार ५२५ येन नगद, ट्रफि तथा प्रमाणपत्र र उपविजेताले १ लाख ५१ हजार ५१५ येन नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरे ।खेलमा उत्कृष्ट खेलाडी एनएनएफसीका अनिल गुरुङ्ग भए भने म्यान अफ दि म्याच एनएनएफसीकै रोशन गुरुङ्ग घोषित भए । हाई स्कोरर सिजुओका गाईजका साजन प्रधान भए भने वेष्ट गोलकिपर सिजुओकाकै विवेक थापा भएका थिए ।अग्रजलाई सम्मान स्वरूप ३५ वर्ष पार गरेका एनआरएनए भेट्रान र नागोया भेट्रानको मैत्रीपूर्ण खेलसमेत आयोजना भएको थियो । प्रतियोगितामा एनआरएनए नागोयाले नागोया भेट्रानलाई ३-२ गोलले पराजित गरेको थियो । एनआरएनए टिमका क्याप्टेनसमेत रहेका एनआरएनए जापानका सल्लाहकार विमल अधिकारीले आफूले आफ्नो टिमकोतर्फ बाट २ गोल गर्न सफल भएको बताउँदै प्रतियोगिता आयोजना गर्ने आयोजकलाई धन्यवाद दिएका छन् । जापान जस्तो व्यस्त देशमा पनि समय निकालेर यति ठूलो आयोजना गर्नु सानो कुरो नभएको उनको भनाई छ ।प्रतियोगिताको समुद्घाटन समारोह नेपालकै पूर्व किक वक्सिङ्ग खेलाडी एवं प्रशिक्षक देव घिमिरेको र समापन कार्यक्रम एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जापानका विभिन्न संघ संस्थामा रहेका नेत्तृत्व तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।प्रतियोगिता हेर्न जापान भरिबाट उल्लेखनिय नेपाली अनि जापनिजहरुको उपस्थिति रहेको थियो । यस खालको प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य लिएको खेल संयोजक तथा धरान एफसीका उपाध्यक्ष सबिन राईले बताए । खेल सम्पन्न गर्नका लागि सहयोग गर्नु हुने सम्पूर्ण व्यक्ति तथा संघ/संस्थालाई धरान एफसीका अध्यक्ष योमन देवानले धन्यवाद ज्ञापन गरे । ‘सबैको साथ सहयोग रहेर प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुन सक्यो,’ उनले भने ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया