काठमाडौं — सेमिफाइनल खेलमा डेनमार्कका गोलकिपर कास्पर स्माइकललाई ताकेर एक इंलिस समर्थकले लेजर लाइट देखाएका थिए । यस घटनामा इङ्ग्ल्यान्डमाथि कारबाही भएको छ । युइएफएले इङ्ग्ल्यान्डलाई २६ हजार पाउन्ड जरिवाना गरेको हो ।
स्माइकलले ह्यारी केनको पेनाल्टी रोक्ने तरखर गरिरहेका बेला उनका आँखामा पर्नेगरी लेजर लाईट ताकिएको थियो । त्यसका बाबजुद स्माइकलले पेनाल्टी जोगाएपनि रिबाउन्डमा केनले गोल गरेर २–१ को जित दिलाउँदै इङ्ग्ल्यान्डलाई फाइनलमा पुर्याए ।
यही खेलको सुरुमा डेनमार्कको राष्ट्रिय गान बज्दा पनि इंलिस समर्थकहरु बेइज्जतीपूर्ण रुपमा होहल्ला गरेका थिए । त्यस्तै, खेलपछि समर्थकहरुले पटाका पड्काएका थिए । युइएफएको अनुशासन समितिले यी तीनवटै कार्यका लागि इङल्यान्डलाई जरिवाना गरिएको जनाएको छ । यो खेल इङल्यान्डको घरेलु मैदान बिम्बलीमा भएको थियो ।
इङल्यान्डले प्रतियोगिताको फाइनल खेलमा स्थान बनाइसकेको छ । आइतबार नेपाली समयअनुसार १२ः ३० मा उसले फाइनलमा इटलीको सामना गर्नेछ । इङ्ग्ल्यान्डले १९६६ को विश्वकपपछि कुनै पनि ठूलो प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । फाइनल खेल बिम्बली रंगशालामै हुनेछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, आषाढ २६, २०७८
प्रकाशित समय: २३:४३:२९