काठमाडौं – कोलम्बियाले कोपा अमेरिका फूटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।
आज बिहान सम्पन्न भएको खेलमा पेरुलाई ३–२ गोलले पराजित गर्दै कोलम्बिया तेस्रो भएको हो।
ब्रजिलको स्टाडियो नेशनल डि ब्रासिलियामा भएको खेलमा कोलम्बियाका लागि लुइस डियाजले २ तथा जुआन कौड्राडोले १ गोल गरे।
पेरुले खेलको ४५ औँ मिनेटमा योशिमार योटुनको गोलबाट अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा चौथो स्थानमा चित्त बुझाउ पुग्यो। खेलको ४९ औँ मिनेटमा कौड्राडोले गोल गर्दै कोलम्बियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए।
फेरि, ६६ औँ मिनेटमा डियाजले गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाए पनि पेरुका जियानलुका लापाडुलाले ८२ औँ मिनेटमा गोल गर्दै बराबरी गरे।
थपिएको समयको अन्तिम मिनेटमा डियाजले व्यक्तिगत दोस्रो गोल गरेपछि कोलम्बिया ३–२ गोलको जित निकाल्न सफल भएको हो। पेरुलाई पराजित गर्दै तेस्रो बन्न सफल भएको कोलम्बियाले ३० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।
कोपा अमेरिकाको उपाधिका लागि भोलि बिहान पौने ६ बजे ब्राजिल र अर्जेन्टिना भिड्दैछन्।