काठमाडौं — युरोकप २०२० अन्तर्गत आज शुक्रबार दुई क्वाटरफाइनल खेल हुँदैछ । पहिलो खेल स्वीट्जरल्यान्ड र स्पेनबीच हुँदैछ भने दोस्रो खेल इटाली र बेल्जियमबीच हुँदैछ । यूरोकपका सबै खेल उत्तिकै रोचक हुन्छन् । यद्यपि इटाली र बेल्जियमबीचको खेललाई आम दर्शकले विशेष रुचिका रुपमा हेरेका छन् ।
स्विजरल्यान्ड र स्पेनबीचको पहिलो क्वाटरफाइलन खेल हुँदै छ । युरोपियन च्याम्पियनसिपमा स्विजरल्यान्ड र स्पेन पहिलोपटक आमनेसामने भएका हुन् । यस अघि स्विजरल्यान्ड र स्पेनबीच १९६६, १९९४ र २०१० को विश्वकपमा भेट भएको थियो । जसमा अघिल्ला दुई भेटमा स्पेनले जित दर्ता गरेको थियो भने स्विजरल्यान्डले जितेको इतिहास छ ।
स्पेनले स्विजरल्यान्डसँग यसअघि २२ पटक भेट गरेको छ । जसमा १६ खेलमा जित र ५ खेलमा बराबरी खेलेको थियो । दक्षिण अफ्रिकामा भएको विश्वकपका एउटा खेलमा भने ऊ हारेको रेकर्ड छ । जुन रेकर्डका आधारमा पनि स्विजरल्यान्डविरुद्ध स्पेनको जित हुने विश्वास गरिएको छ ।
यो ठूलो प्रतियोगितामा स्विजरल्यान्डको चौथो उपस्थिति हो । जसमा युरोकप र वल्र्डकप रहेका छन् । युरोकपमा भने यो पहिलो क्वाटरफाइनल यात्रा हो । क्वाटरफाइलनका यस अघिका तीनवटै खेलमा हारेको छ ।
स्पेन युरोपकको इतिहासमा पहिलो टिम हो जसले लगातारको खेलमा ५ भन्दा बढी गोल गरेको थियो । यस अघिका प्रतिस्पर्धामा उसले ४ गोलभन्दा गरेको थिएन । स्पेनले ४२ खेलमा प्रतिस्पर्धा गरेको छ ।
स्विजरल्यान्डले पनि यस अघि २ गोलभन्दा बढी गर्न सकेको थिएन । यसपटक उसले पछिल्लो दुई युरोपियन म्याचमा ३ गोल गरेको थियो । स्पेनले तीनपटक युरोकपको उपाधि जितेको छ । त्यसैले बलियो टोली स्पेनविरुद्ध स्जिरल्यान्डले प्रदर्शन कस्तो हुन्छ भन्ने सबैको नजर रहेको छ । स्विजरल्यान्ड स्पेनलाई स्तब्ध बनाउँदै नयाँ इतिहास रच्न चाहन्छ ।