काठमाडौं – ५५ वर्षपछि जर्मनीविरुद्ध पहिलो जित निकाल्दै इंग्ल्यान्ड युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। याेसँगै विश्वकप र युरोकपको समग्र खेलमा इंग्ल्यान्डले जर्मनीविरुद्ध १९६६ पछि पहिलो जित निकालेको छ। खेल अवधिभर जर्मनीले विपक्षीको पोस्टमा नौ प्रहार गरेको थियो। तर उसको कुनै प्रहार सफल हुन सकेनन्। यता इंग्ल्यान्डका पनि पाँच प्रहारमा एकबाहेक सबै प्रयास खेर गए।
यो जितसँगै इंग्ल्यान्डले इटालीको रोम सहरमा हुने क्वार्टरफाइनलमा युक्रेन र स्विडेनको विजेतासँग भिड्नेछ। जर्मनी भने प्रतियोगिताबाट बाहिरिएको छ। जर्मनीले समूह चरणमा पोर्चुगललाई हराएको थियो भने फ्रान्ससँग हार बेहोरेको थियो। यसले घरेलु मैदानमा हंगेरीसँग बराबरी खेलेको थियो। इंग्ल्यान्डले भने अहिलेसम्मका सबै खेल घरेलु मैदानमा मात्र खेलेको छ।
ठूला प्रतिस्पर्धामा इंग्ल्यान्ड र जर्मनीका यसअघिका खेल :
१९६६ विश्वकप फाइनल : इंग्ल्यान्ड ४–२ जर्मनी
१९७० विश्वकप क्वार्टरफाइनल : जर्मनी ३–२ इंग्ल्यान्ड
१९९० विश्वकप सेमिफाइनल : जर्मनी ४–३ इंग्ल्यान्ड (१–१ गोलको बराबरीपछि पेनाल्टीमा)
१९९६ युरोकप सेमिफाइनल : जर्मनी ६–५ इंग्ल्यान्ड (१–१ गोलको बराबरीपछि पेनाल्टीमा)
२०१० विश्वकप अन्तिम १६ : जर्मनी ४–१ इंग्ल्यान्ड
जर्मनीलाई २–० गोलले हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा