शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – इजरायलको रक्षा मन्त्रालयले ड्रोनलगायत अन्य उडानलाई खसाल्न एक हवाई लेजर हतियारको विकास गर्दैछ  ।इजरायलले उक्त हतियारको नाम ‘एयरबोर्न लेजर’ दिएको छ ।

सन् २०२५ सम्म यो हतियार तयार हुने उद्घोष इजरायलले गरेको हो । प्यालेस्टाइनबाट हमास समूहले रकेट आक्रमण गर्ने भएका कारण इजरायले वायु सुरक्षामा विशेष ध्यान दिँदै आएको छ ।

छोटो दूरीको रकेट खसाल्न इजरायलले यसअघि विकास गरेको आइरन डोम प्रणाली निकै चर्चित छ ।

तपाईको प्रतिक्रिया