शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नायिक तथा राप्रपा केन्द्रीय सदस्य रेखा थापाले राप्रपाको केन्द्रीय विशेष समिति गठनप्रति असन्तुष्टि जनाएकी छन् । उनले महिला प्रतिनिधित्व लगभग शून्य रहेको र युवा सहभागिता समेत नरहेको विशेष समिति गठनप्रति व्यंग गर्दै कुन चाहिँ राप्रपा हामी सबैको हो ? भन्दै प्रश्न गरेकी छिन् ।

थापाले शुक्रवार गठित समितिप्रति असहमति जनाउँदै शनिवार सामाजिक सञ्जालबाट आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी हुन् । उनले राप्रपालाई रिटायर्डहरुको सरोकार समूह मात्र हो ? भन्दै प्रश्न गरेकी छन् ।

थापाले भनेकी छन्–कुन चाँही राप्रपा बैकल्पिक शक्ति बन्ने हो ? कुन चाँही राप्रपा मौलिक रुपमा सबैको पार्टी हो ? कुन चाँही राप्रपा उदाउँदो राप्रपा हो ? कुन चाँही राप्रपा नाम मात्रको पार्टी हो ? कुन चाँही राप्रपा व्यबहारमा बयस्क र रिटायर्डहरुको सरोकार समुह मात्र हो ? कुन राप्रपा हामी सबैको राप्रपा हो ?

रेखाले महिलालाई बहिष्करण गरेको, मजदुर किसान र युवासँग डराएको तथा विरासतको रुपमा राजनीतिलाई कोठामा सीमित गरेको बताएकी छन् । उनले जनप्रि मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गरेको आरोप समेत लगाएकी छन् ।

तपाईको प्रतिक्रिया