शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – ४ घण्टामा देशभर १ हजार ९६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ७ हजार ५६९ पीसीआर परीक्षणमा १ हजार ९६३ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ५ हजार ४६८ एन्टिजेन परीक्षणमा ८०५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ ।

यस्तै, २४ घण्टामा ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ९ हजार ६२४ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ ।

तपाईको प्रतिक्रिया