शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । छातीमा समस्या देखिएपछि जोशीलाई ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

१०२ वर्षका जोशीको हाल स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी १० दिन अघि अस्पताल भर्ना भएका थिए । उनलाई एक सातासम्म फलोअपमा राखिने पनि अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया