बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – नेकपा माओवाद) केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड-१९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् ।

सो स्वास्थ्य सामग्री चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग रसंगठनबाट प्राप्त भएको जनाइएको छ । सामग्रीहरु एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजेन किट, थर्मल गन, अक्सिमिटर, खाली अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पिपिई सेट, सर्जिकल ग्लोभ्स, सेनिटाइजर, फेस सिल, केएन ९५ मास्कलगायत छन् ।

तपाईको प्रतिक्रिया