सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४७९ संक्रमित थपिएका छन् । पिसिआरबाट ३०२४ र एन्टिजेनबाट ४५५ मा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १० हजार ४७१ पिसिआर र ३ हजार २६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ६ हजार ६३६ छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिएका छन् ।

यसमा होम आइसोलेसनमा ८२ हजार ७०३ जना र ६ हजार ५१४ जना संस्थागत आइसोलेसनमा रहेको पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ६ हजार ६३६ छ । पछिल्लो २४ घण्टामा ९९ जना संक्रमितको मृत्यु भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया