सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेहरु धेरै छन् । ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् । निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् भने ६८ जना संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ ।

अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पिसिआर र ५ हजार ३४३ जनाको एन्टिजेन परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया