सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर घटेको भारत सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्लीमा ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड-१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो सातादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने केजरीवालका निकट अधिकारीहरूले शनिबार बताएका छन् ।

अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्छ किनकि कोभिड-१९ को अवस्थामा बिस्तारै सुधार हुँदै गएको देखिएको छ ।

सरकारले गत साता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो । दिल्लीमा दोस्रो लहरको सङ्क्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै वर्षको अप्रिल १९ देखि लकडाउन आदेश जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया