सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

नयाँदिल्ली – जम्मू-कश्मीरमा एक १२४ वर्षकी वृद्धाले कोरोनाविरुद्धको खोप लगाएकी छिन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अहिले जम्मू-कश्मीरमा स्वास्थ्यकर्मी घरघरमै पुगेर कोरोना विरुद्धको खोप लगाउन थालेका छन् ।

यही क्रममा १२४ वर्षकी वृद्धाले पनि खोप लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जम्मू-कश्मीरका लेफ्टिनेन्ट गर्भनर मनोज सिन्हाले ट्वीट गर्दै बारामूलाकी १२४ वर्षकी वृद्धाले कोरोनाविरुद्धको खोप लगाएको बताएका छन् । सिह्नाले अहिलेसम्म खोप लगाएकाहरुमा उनी नै सबैभन्दा बढी उमेरको भएको पनि बताएका छन् ।

१२४ वर्षकी वृद्धालाई खोप लगाएपछि उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी घर गएका थिए । स्वास्थ्यकर्मीले उनको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया