सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ६६५३ जना नयाँ संक्रमित थपिएका छन् । एन्टिजेन र पिसिआर परीक्षणमा ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १४ हजार १८२ पिसिआर परीक्षण गरिएको छ । ६६३१ एन्टिजेन परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ५ लाख ९३ हजार १६२ जना पुगेको छ।

२४ घण्टामा ८६६३ जना कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १०१ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ७७३१ पुगेको छ । हिजोको तुलनामा कोरोनामुक्त हुनेको संख्या बढेको छ । मृत्यु हुनेको संख्या पनि बढेको छ । हिजो ७५ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया