आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – भारत सरकारले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको अवधि एक वर्ष थप गरेको छ । आगमी जुन ३० मा उनको २ वर्षे कार्याअवधि सकिने थियो ।

उनलाई अर्काे एक वर्षका लागि सोही पदमा नियुक्त गरिएको भारतीय मिडियाले जानकारी दिएका छन् ।

त्यसैगरी भारतको अर्काे खुफिया संस्था इन्टेलिजेन्स ब्युरो प्रमुखको पनि पद एक वर्ष थपिएको छ । गोयलसँगै इन्टेलिजेन्स ब्युरो प्रमुख अरविन्द कुमारको पदावधि पनि एक वर्ष थपिएको हिन्दुस्तान टाइम्सले जानकारी दिएको छ ।

अरविन्द कुमारको पनि जुन ३० बाट पदावधि सकिँदै थियो ।

तपाईको प्रतिक्रिया