काठमाण्डाै – सैन्य हिरासतमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको स्वास्थ्य अवस्था राम्रो रहेको त्यहाँको सेनाले जनाएको छ ।
यसैबीच म्यानमारको निर्वाचन आयोगले सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) खारेज गर्ने तयारी गरेको छ । गत वर्ष भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै उक्त पार्टी खारेज गर्नेबारे आयोगले तयारी गरिरहेको हो ।
सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग भएको छलफलमा सुचीको पार्टी खारेज गर्नेबारे आफूहरुले विचार गरिरहेको जानकारी दिएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।