सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – गायिका शिवा केसी र प्रेम कार्कीको स्वरमा लोक दोहोरी गीत ‘मेरी काली…’ सार्वजनिक भएको छ । प्रेमिल जोडीको माया प्रेमको भाव समेटिएको गीत सूर्य खड्काको यूट्यूव च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा जितेन्द्र केसीको शब्द, प्रेम कार्कीको संगीत रहेको छ भने गीतको एरेञ्ज विश्वास नेपालले गरेको हुन् । विनोद भण्डारीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोको छायाँकन करन चैसिरले गरेको छन् । सम्पादन मनोज कार्कीले गरेका हुन् ।

म्यूजिक भिडियोमा ईश्वर बाबु र शाया भण्डारीको अभिनय देख्न सक्रिन्छ । माया-प्रेमका शब्दसँगै मौलिकतामा आधारित गीत दर्शक/स्रोताले मन पराउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया