Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडौं – मोबाइल ब्रोडब्याण्ड गुणस्तरमा नेपालले एक स्थानले सुधार गरेकाे छ । ओकलाको स्पिडटेस्ट ग्लोबल इन्डेक्सले मासिक रुपमा सार्वजनिक गर्दै आइरहेको रिपोर्टअनुसार नेपाल एक स्थान माथि उक्लदै ११५औं स्थानमा रहेकाे छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

इन्डेक्स अनुसार नेपालको मोबाइल ब्राोडब्याण्ड इन्टरनेटमा डाउनलोड स्पिड १८.४२ एमबीपीएस, ११.६२ एमबीपीएसको अपलोड स्पिड र ३१ मिली सेकेण्डको ल्याटेन्सी छ ।

सोही रिपोर्ट अनुसार गत डिसेम्बरमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेटको तुलनामा फिक्स्ड ब्रोडब्याण्डको गुणस्तरीयता पनि सुधार देखिएको छ । फिक्स्ड ब्रोडब्याण्डमा पाँच स्थानमाथि उक्लिँदै ११५ औं स्थान हासिल गरेको  छ ।

इन्डेक्स अनुसार नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पिड २४.०५ एमबीपीएस, औषत अपलोड स्पिड २२.४६ एमबीपीएस र लेटेन्सी १३ मिलिसेकेन्ड देखिएको छ ।

तर इन्डेक्सको अनुसार नेपालको डाउनलोड, अपलोड र ल्याटेन्सी सबै क्षमता मानक औषत स्तरभन्दा कम छ ।

मोबाइल ब्रोडब्याण्डतर्फ शीर्ष ३७ मुलुकले मात्र यो मानक पुरा गरेका छन् । त्यस्तै फिक्स्ड ब्रोडब्याण्डतर्फ पनि शीर्ष ४२ मुलुकहरुले मात्र यो मानक पुरा गरेका छन् । तर दुवै ब्रोडब्याण्डमा नेपालले मानक पुरा गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया