Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडौँ – आउँदो वर्ष प्रविधि कम्पनी संचालकको लागि नकै असहज हुनसक्छ किनभने भव्य प्रविधि कम्पनी जस्तै, फेसबुक, अमेजन, एप्पल र गुगलको संस्थापक अल्फाबेटलाई केहि नियन्त्रण गर्ने प्रयास भइरहेको छ । सन् २०२१ मा विशेषगरी अमेरिका र युरोपका निकायमा प्रतिष्पर्धा र मुख्य मुद्धामा विवाद र तनाव दिखिनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर प्रविधिको चासो अहिले घर घरमा पुगेको छ र आउँदो वर्ष यसमा केहि विकास पनि हुनेछ । प्रविधिले मानिसको दैनिक जीवन सहज बनाउने देखि घरको काम पनि कम हँदै जानेछ ।

ठुला प्रविधि कम्पनीलाई समस्या
सन् २०२० को अन्त्यतिर ठुला कम्पनीमा देखिएको क्लाउड समस्याले गुगल, फेसबुक, अमेजन र एप्पलको लागि सन् २०२१ सजिलो नहुने संकेत गरेको छ । यसै महिनाको शुरुवातमा अमेरिकी अधिकारीहरु र ४५ भन्दा अधिक राज्यले फेसबुकको विरुद्दमा मुद्धा दर्ता गरेका छन् र फेसबुकले आफ्नो प्रतिष्पर्धी र उस्तै एपलाई खरिद गरेर गैर-कानुनी कार्य गरेको आरोप लगाएका छन् ।

ठुला प्रविधि कम्पनीलाई नियममा राख्न डिसेम्बरमा युरोपेली कमिसनले डिजिटल सर्भिस एक्ट र डिजिटल मार्केट एक्ट को बारेमा जानकारी सार्वजनिक गरेको थियो । बेलायतमा प्रतिष्पर्धा र मार्केट अथोरिटीले डिजिटल मार्केट युनिटलाई नियममा राख्ने र जरिवानाको व्यवस्था गरेको छ ।

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको प्रसाशनले ठुला प्रविधि कम्पनीलाई कसरी सम्हाल्नेछ भन्ने विषयमा सबैको चासो बढ्दै गएको छ । पछिल्लो दिनहरुमा बाइडेन ठुला प्रविधि कम्पनीको विरोधमा थिए र उनी फेसबुकको विरुद्धमा पनि थिए ।

न्युयोर्क टाइम्सलाई जनवरीमा दिएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘अमेरिकाको कानुनको एउटा भागले सामाजिक संजालको रक्षा गर्दछ र त्यो को सेक्सन २३०, यस कानुनलाई संसोधन गर्नुपर्ने समय आएको छ । किनभने यस कानुनमा सामाजिक संजालमा प्रयोगकर्ताले पोष्ट भएका गैर-कानुनी तथा आपत्तिजनक पोष्टको लागि सामाजिक संजाल जिम्मेवार हुनेछैन ।’

केहि ठुला प्रविधि कम्पनी भने अहिले समस्यामा परेका छन् विशेष गरी अमेजन, गुगल र फेसबुक । गुगल पहिलादेखि नै तनावमा रहेको छ । अक्टोबर महिनामा अमेरिकी सरकारले गुगललाई इन्टरनेट र अनलाइन विज्ञापनमा एकलौटी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

तर गुगलले भने आफ्नो बचाउमा प्रतिष्पर्धाको उद्योगमा सेवा प्रदान गर्नु भनेको केवल ठुला प्रविधि कम्पनीले मात्र सक्दछन् भन्ने प्रतिक्रिया दिएको छ । प्रतिष्पर्धा पछि अमेरिकाले डाटा प्राइभेसीमा पनि अनुसन्धान गर्ने बताएको छ र क्यालिफोर्नियामा डाटा प्राइभेसी एक्ट पनि लागु गरिएको छ र यसलाई राष्ट्रिय नीति बनाउने दवाव बढ्दै गएको छ ।

विद्दुतीय आविस्कार
एरोस्पेस उद्योगको लागि यो वर्ष, सन् २०२० निकै दुर्भाग्य लिएर आएको थियो । यस क्षेत्रको सबै भन्दा ठुलो ग्राहक, एयरलाइन क्षेत्र र फ्लाइट रद्द हुने र अर्डर पनि ढिला पुग्ने जस्तो समस्याले हवाईयात्रा पूर्ण प्रभावित भएको छ । यस बाहेक कम्पनीहरुले वातावरणमा कम प्रभाव पर्ने हवाईजहाजको निर्माणमा जुटेका छन् ।

सेप्टेम्बरमा एयरबसले हाइड्रोजनले पावर गर्ने डिजाइन सार्वजनिक गरेको थियो जसमा जर्मानी, फ्रान्स, स्पेन र इटाली संग महत्वपूर्ण सम्झौता गर्ने भएको छ जसमा ठुलो एयर ड्रोनको निर्माण गर्ने योजना छ ।

यो मध्यम उचाईमा लामो समय सम्म उडान भर्न सक्ने मानवरहित एरियल प्रणाली हुनेछ । युरोड्रोन नाम रहेको यस आविस्कारले सन् २०२५ देखि उडान भर्नेछ । सन् २०२१ मा रोल्स-रोयसको इलेक्ट्रिक एयरक्राफ्ट पनि देख्न पाइनेछ । कम्पनीको अनुसार, यस इलेक्ट्रिक एयरक्राफ्टले तीनसय माइल प्रतिघण्टामा उडान भर्नेछ ।

रिटेलर
महामारीको कारण पसलेहरुको व्यापारमा निकै प्रभाव परेको छ किनभने मानिसहरु लकडाउन र सामाजिक दुरीको कारण घरमा नै थिए र अनलाइन व्यापार निकै लोकप्रिय भएको थियो । महामारीमा बाचेका पसलहरुलाई सन् २०२१ मा नयाँ प्रविधि ठुलो चुनैती हुनेछ ।
अमेजनले आफ्नो गो स्टोर चेनलाई बढाउने बताएको छ । यसमा ग्राहकले आफुलाई चाहिएको सामान पसलमा गएर लिनेछन् र त्यहाँ बाट फर्किनेछन् ।

क्यामेरा र आर्टिफिसियाल इन्टेलीजेन्सले उनीहरुको बिल को ट्रयाक राख्नेछ साथै उनीहरु पसलबाट निस्किदा पनि के लिएर गए भन्ने निरीक्षण गर्दछ ।

अमेरिकामा २० वटाभन्दा धेरै गो स्टोरहरु संचालनमा रहेका छन् र यसले सन् २०२१ मा बेलायतमा पनि गो स्टोरको शुरुवात गर्ने बताएको छ तर यसको बारेमा केहि जानकारी सार्वजनिक गरेको छैन ।

वर्क फ्रम होम प्रविधि
अहिले महामारीको कारण वर्क फ्रम होमले निरन्तरता हुने देखिएको छ । सिसिएसले गरेको अनुसन्धानमा पश्चिमी युरोपमा ६० प्रतिशत कार्यालय र उत्तर अमेरिका २५ प्रतिशत कम्पनीले आफ्नो कर्मचारीलाई घरबाट काम गर्न निर्देशन दिएको छन् ।

कतिपयले भने महामारीको अनत्य नभएसम्म कर्मचारीलाई सजिलो हुने प्रकारले काम गर्न बताएका छन् । ड्रपबक्स र ट्वीटरले आफ्नो सबै कर्मचारीलाई अक्टोबर सम्म घरबाट काम गर्न निर्देशन दिएको छ ।

माइक्रोसफ्ट र फेसबुकले पनि आफ्नो कतिपय कर्मचारीलाई सधैंको लागि घरबाट काम गर्ने बताएको छ । प्रविधि कम्पनी तथा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीले घरबाट काम गर्नेलाई पनि थुप्रै आकर्षक प्याकेजहरुको व्यवस्था गरेका छन् ।

घरबाट काम गर्दा सहकार्य गर्ने डिजिटल ह्वाइटबोर्ड जस्तै मिरो र मुरलले पनि लोकप्रियता पाएका छन् । यस वर्ष मुरलले मिलियन सक्रिय प्रयोगकर्ता जोडेको छ ।

स्वचालित कार
फोनिक्स र एरिजोनाको सडकमा तीन सय भन्दा अधिक कारहरु स्वचालित रुपमा यात्रुलाई आफ्नो गन्तव्य सम्म पुराउने काम गरिरहेका छन् र यसमा मानव चालक छैनन् । गुगलको वेमो यस प्रविधिको पहिलो रोबो ट्याक्सी रहेको छ र यो अक्टोबर महिना देखि संचालनमा आएको छ ।

जेनरल मोटर्सलको क्रुजले सान फ्रान्सिस्कोमा आफ्नो स्वचालित सवारीसाधनको परिक्षण गरिरहेको छ । लिफ्टले पनि सान फ्रान्सिस्कोमा आफ्नो स्वचालित कारको परिक्षण गरिरहेको छ ।

डिसेम्बरमा उबरले आफ्नो रोबोकारको प्रोजेक्टलाई बन्द गरेको छ र आफ्नो कम्पनीको स्वचालित कारको प्रोजेक्ट औरोरा टेक्नोलोजीलाई बिक्रि गरेको छ ।

औरोरामा अमेजनको लगानी रहेको छ र यसले ट्याक्सी र फुड डेलिभरी सेवामा बढी केन्द्रित छ । चीनमा अटोएक्सले यस प्रविधिमा सफलता पाएको छ भने यसै महिनाको शुरुवातमा शेन्जेनमा यसको २५ कारको परिक्षण शुरुवात गरेको छ । यी कारहरु रिमोट कन्ट्रोलमा चालक बिहिन स्वचालित कार हुन् ।

तपाईको प्रतिक्रिया