सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं– शीर्षस्थानमा रहेको टोटेनहमलाई हराउँदै साविक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग (ईपीएल)को शीर्षस्थानमा उक्लिएको छ।

लिभरपुलको एनफिल्ड रंगशालामा बुधबार राति सम्पन्न खेलमा  लिभरपुलले पाहुना टिम टोटेनहमलाई २–१ गोलले हराएको हो।

लिभरपुलको जितका लागि मोहम्मद सलाह र रोबर्टो फर्मिनोले समान १–१ गोल गरे। खेलको २६ औं मिनेटमा १८ यार्डबाट गोल गर्दै सलाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए।

तर टोटेनहमका लो कास्लोले दिएको पासलाई सदुपयोग गर्दै सन ह्युङ मिनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। यससँगै पहिलो हाफमा खेल बराबरीमा रोकियो।

दोस्रो हाफमा पनि लामो समय प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम मिनेटमा फर्मिनोल गोल गर्दै पुनः अग्रता बनाए। यसपटक उनलाई एन्ड्रिउ रोबर्टसनले पास उपलब्ध गराएका थिए।

जितसँगै लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ भने टोटेनहम दोस्रो स्थानमा छ। खेलअघि दुवै टोलीको समान २५ अंक रहेकोमा खेलपछि लिभरपुलको २८ अंक भएको छ।

प्रिमियर लिगकै अर्को खेलमा आर्सनल र साउथह्याम्टनले १–१ गोलको बराबरी खेलेका छन्। आर्सनलको मैदानमा सम्पन्न खेलमा साउथह्याम्टनले सुरुवाती अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको हो।

यता आर्सनलका ग्याब्रियलका दोस सन्तोषले ६१ औं मिनेटमा रातो कार्ड पाएर बाहिरिएका थिए।

१० खेलाडीमा सीमित आर्सनलविरुद्ध पनि गोल गर्न नसकेको साउथह्याम्टन बराबरीका बाबजुद अंकतालिकाको तेस्रो स्थानमा छ भने आर्सनल १५ औं स्थानमा छ।

तपाईको प्रतिक्रिया