मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजतन्त्रका पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष थापाले गाइजात्रा अति भएको भन्दै बन्द गर्न निर्देशन समेत दिए ।

उनले लेखेका छन् ‘अब अतिभो,गाईजात्रा बन्द गर्नुहोस् ।  हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस् ।  हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भइसक्यो। कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् ।’

तपाईको प्रतिक्रिया