शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

काठमाडौं – गायक उदितनारायण झाका छोरा आदित्य नारायणले आफू विवाहको तयारीमा लागेको बताएका छन् । आफ्नी प्रेमिका श्वेता अग्रवालसँग फोटो सेयर गर्दै उनले अर्को महिना विवाह गर्ने बताएका हुन् ।

श्वेता र आदित्यको सम्बन्ध ‘सापित’ फिल्मको बखत जोडिएको थियो । उनीहरू दुवै १० वर्षदेखि सम्बन्धमा थिए ।

‘निजी जीवन निजी राख्नु राम्रो हो’
‘हामी विवाह गर्ने छौं । म भाग्यमानी हुँ, जसले श्वेता पायो । अन्ततः हामी डिसेम्बरमा विवाह गर्दै छौं’, आदित्यले सामाजिक सञ्जालमा लेखेका छन्,’ हामी दुवै निजी व्यक्ति हौं र विश्वास गर्दछौं कि कसैको निजी जीवन निजी राख्न उत्तम हो ।’

विवाहको तयारीका लागि सोसल मिडियाबाट ब्रेक लिएको उनले बताए । हामी अब डिसेम्बरमा भेटौंला । कुनै समय तपाईंले मलाई पुन: कतै भेट्नुहुनेछ’, उनले भनेका छन् ।

को हुन् श्वेता ?
श्वेताले धेरै चलचित्र र टिभी सिरियलमा काम गरिसकेकी छन् । उनले ‘शगुन’, ‘देख मगर प्यार से’, र ‘बेबिलोनको दुआ लिटी जा’मा काम गरिसकेकी छन्। ​श्वेताले प्रभास र किचा सुदीपजस्ता स्टारसँग काम गरिसकेकी छन् । रमाइलो कुरा के छ भने आदित्य सापितका लागि सुटिङ गर्दा श्वेतालाई लञ्च प्रस्ताव गरेका थिए । स्वेताले उक्त प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया