शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – व्यक्तित्व प्रभावकारी देखाउन पहिरनको ठूलो भूमिका हुन्छ । जापानमा हरेक व्यावसाय र कामका लागि आ-आफ्नै पोशाक प्रयोग हुन्छन् ।

सामान्यतया खेत र बारीमा काम गर्दा किसानले सामान्य कपडामा काम गरेको देखेका छौ । तर जापानको यामागाता प्रान्तको कावानिसीका कियोतो साईटो एक यस्तो किसान हुन् जसले खेतमा काम गर्दा सुट–बुट लगाएर काम गर्छन् ।

कियोतोको यो स्टाइलले नै उनलाई विश्वभर चिनाएको छ । सुटबुट लगाएर काम गरेकै कारण कियोतोले कृषकहरुको नजर बदलिएको पनि जानकारी दिएका छन् । उनले भने, ‘मानिसहरु किसानी गर्ने पैसा छैन त्यसकारण पुरै दिन फोहोरी भएर बस्छन् । तर कुरा यस्तो होइन् किसानसँग पनि धेरै पैसा छ ।’

उनले आफु नमुना भएर युवाहरुलाई खेतीमा आकर्षित चाहेको पनि बताएका छन् । उनका परिवार ४ सय वर्षदेखि यो पेशा गरिआएका छन् । उनी पनि कामको खोजीमा शहर गएका थिए, तर हाल भने गाउँ नै फर्केर यो काम गरिरहेका छन् । उनले ट्याक्टर चलाउँदा होस् वा घास काट्दै गर्दा होस् जे गदा पनि सेतो शर्टको साथमा सुट लगाएका हुन्छन् । कपडाकै कारण उनी दुनियाभर चर्चित भएका छन् ।

तपाईको प्रतिक्रिया