Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)को तथ्याङ्क मन्त्रालयलाई मात्रै उपलब्ध गराउन निर्देशन दिएको छ ।

एनओसी शाखाका अनुसार मन्त्रालयको उच्च शिक्षा महाशाखाले जारी भएका एनओसीको तथ्याङ्क मन्त्रालयमा पठाउन र तथ्याङ्क माग्नेलाई प्रवक्तामार्फत उपलब्ध गराउने जानकारी गराएको हो ।

केही समयअघि छलफल गर्ने क्रममा शिक्षा मन्त्रालयले जारी गरेको एनओसीको तथ्याङ्क र अध्यागमन विभागको तथ्याङ्क फरक भएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ ।

शाखाले जारी गरेको एनओसीको तथ्याङ्क र अध्यागमन विभागको तथ्याङ्क फरक हुनु स्वभाविक भएको शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया