शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

जापान हट स्प्रिंग रिसोर्टको बाथटब

टोकियो – बाथटबत खासमा हामी बाथटबलाई नुहाउनको लागि प्रयोग गर्ने गर्छौ ।

तर संसारमा समय संगै बेला बेलामा लग्जरी महसुस गराउनका लागि अचम्मका बाथटबक बारेमा हामी सुन्ने गर्दछौ ।

यसै सन्दर्भमा जापानमा ग्राहकहरुको लागि भनेर सुनको बाथटब जडान गरिएको एउटा रिसोर्ट छ ।

नागासाकी सहरस्थित जापान हट स्प्रिंग रिसोर्टमा उक्त सुनको बाथटब रहेको छ ।

करिब डेढ क्विन्टल अर्थात् १५४.२० सुनबाट बनेको उक्त बाथटब १३० सेमी चौडा र ५५ सेमी गहिरो रहेको छ । उक्त बाथटबमा एक पटकमा एक जोडीले मज्जाले नुहाउन सक्दछन् ।

सो बाथटब बनाउन करिब ८ महिनाको समय लागेको थियो भने करिब ८० करोड येन बराबरको रकम खर्च भएको थियो ।

उक्त बाथटबमा १८ क्यारेटको सुन प्रयोग गरिएको छ ।

यो बाथटबमा नुहाउनका लागि १ देखि १० घण्टासम्म बुकिङ गर्न सकिन्छ । यसका लागि प्रतिघण्टा ५४ सय येन अर्थात् झण्डै ५५ हजार रुपैयाँ बराबरको रकम तिर्नु पर्दछ ।

यो बाथटबले उदघाटनकै दिन विश्वकै बढी तौल भएको बाथटबको रुपमा गिनिज बुकमा नाम लेखाएको थियो ।

त्यस्तै हालसालै भियतनामको राजधानी हनोईमा संसारको पहिलो सुनै सुनले बनेको होटल खुलेको छ । सुनैसुनले भरिएको उक्त होटलमा झ्याल ढोकादेखि फर्निचर, बाथरुम, ट्वाइलेट मात्र होइन खाना खाने कप प्लेटलगायतका भाँडासमेत सुनले लेपन गरिएको छ ।

यसलाई दक्षिणपूर्वी एसियाकै सबभन्दा विलासी होटल मानिएको छ ।

सुनले मानसिक तनाव कम गर्न सहायता गर्ने बताइन्छ ।

भियतनामको सुनैसुनले भरिएको ‘डोल्से हनोइ गोल्डेन लेक’ होटल

तपाईको प्रतिक्रिया