आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

टोकियो – फरेक्स रेमिट्यान्स जापानले नेपालीहरुको प्रमुख चाडपर्व दशै, तिहार र छठको अवसरमा बिशेष उपहार कार्यक्रम सार्वजनिक गरेको छ । फरेक्स रेमिट्यान्स जापानबाट नेपाल पैसा पठाउने ग्राहकहरुले स्मार्ट वाच, एप्पल एयरड्रप र एप्पल म्याकबुक प्रोसम्म उपहार मार्फत पाउन सक्नेछन् ।

सोमबार राजधानी टोकियोमा आयोजित पत्रकार सम्मेलनमा रेमिट्यान्सका बजार ब्यवस्थापक पञ्च चौधरीले दिनुभएको जानकारी अनुसार उपहार योजना अक्टोबर १७ तारिखबाट सुरु हुनेछ । उपहार योजना नोभेम्बर २० तारिखसम्म लागूहुने छ ।

उपहार कार्यक्रम अन्तर्गत दैनिक रुपमा एक जनाले स्मार्ट वाच उपहार जित्न सक्नेछन । यसको लागि रेमिट्यान्सले आफ्नो फेसबुक पेजबाट दैनिक बिहान १० बजे लाइभ गरेर लक्की ड्र मार्फत बिजेता छनौट र घोषणा गर्नेछ । साप्ताहिक उपहार अन्तर्गत एप्पल एयरड्रप एक जनाले जित्न सक्नेछन् ।

दैनिक तथा साप्ताहिक उपहार योजनामा बिजेता बन्न सफल ब्यक्ती समेत बम्पर उपहार कार्यक्रममा समाबेश हुन सक्नेछन् । जस अन्तर्गत बम्पर उपहारमा अक्टोबर १७ तारिखदेखी नोभेम्बर २० तारिखसम्म रेमिट्यान्स सेवा प्रयोगगर्ने ब्यक्तीलाई सहभागि गराइनेछ । बम्पर उपहार एप्पल म्याक बुक प्रो को बिजेता नोभेम्बर २० तारिख पछी घोषणा गरिनेछ ।

नेपालमा आई पे रेमिट र सबै बैंकमा तत्कालको तत्काल रकम भुक्तानी ९रियल टाइम डिपोजिट० ब्यवस्था रहेको कम्पनिका सहायक प्रबन्धक बाबुराम पौडेलले जानकारी दिनुभयो । फरेक्स रेमिट्यान्सको जापानभर १५० भन्दा बढी रेमिट्यान्स एजेन्सी रहेको छ । रेमिट्यान्सले नयाँ सेवाग्राहीलाई पहिलो र पाचौ पटक ग्राहक शुल्क सेवा छुट दिदै आएको छ ।

तपाईको प्रतिक्रिया