आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा सन् २०१८ उत्पादन मिति भएको जापानी चामल भेटिएको छ।

आइतबार महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली पुग्दा कम्पनीले यो चामल बिक्री गरिरहेको थियो। अनुगमन टोलीका अनुसार चामलका बोरामध्ये केहीमा उत्पादन मिति देखिन्छ। केहीमा २०१९ देखिन्छ। अधिकांशमा यस प्रकारको लेबल छैन।

कम्पनीका वरिष्ठ लेखा अधिकृत नरनाथ अधिकारीका अनुसार यो चामल जापान सरकारले खाद्य सहयोगका रुपमा उपलब्ध गराएको चामल हो। गएको पुस महिनामा यो चामल प्राप्त भएको थियो।

तपाईको प्रतिक्रिया